कोरोनाबाट थप एक जनाको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए। उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन। साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन।