सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपका दुई विकेट, जमैकाको जित

२०७७ भदौ १४, ०५:३६ खबर संवाददाता

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली बलर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गर्द उनको टिम जमैका तलावाजले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समाथि जित निकालेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा जमैकाले ३७ रनको जित निकालेको हो।

पहिले ब्याटिङमा उत्रिएको जमैकाले प्याट्रियट्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ। तर, उसले १९.४ ओभरमा १ सय १० रनमा चित्त बुझाउनु प¥यो। १२ औं ओभरमा पहिलो पटक यो खेलमा बलिङका लागि पुगेका सन्दीपले पहिलो ओभरमा औसत प्रदर्शन गरे।

त्यसपछि फेरि १४ औं ओभरमा बलिङ गरेका सन्दीपले १० रन खर्चिए। त्यसपछि १६ औं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो विकेट लिए। कप्तान रोभमान पवेलबाट उनले प्याट्रियट्सका लुईसलाई क्याच गराए। सन्दीपको अन्तिम तथा १८ औं ओभरको खेलमा सन्दीपले ८ बल दिँदै अर्को एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस