सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपको छैटौँ खेल आज राति

२०७७ भदौ १३, १०:३९ रासस

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ। सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ। 

दुवै टोली अङ्क तालिकाको पुछारमा छन्। जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने सेन्ट किट्स अन्तिम स्थानमा छ। दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। मैकाले पाँच खेलमा दुई जीत तथा तीन हारका साथ चार अङ्क जोडेको छ। सेन्ट किट्सले पाँच खेलमा एउटा जीत तथा चारमा हारका साथ मात्र दुई अङ्क जोडेको छ। दुवै टोलीसामु अन्तिम चारमा स्थान बनाउनैपर्ने दवाव छ। 

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्। उनले हालसम्म खेलेका पाँच खेलमा सात विकेट लिएका छन्। सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो। उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिएको थियो। यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिएको थियो। उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा चार ओभरमा ३० रन दिएका थिए।

गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए। उनले सो खेलमा चार ओभरमा आठ रन मात्र खर्चिए। उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाएको थियो।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए। गुएना अमेजन वारियर्सविरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिए। यस्तै पाँचाँै खेलमा दुई विकेट लिएका थिए। बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले चार ओभरमा १६ रन दिएका थिए। हालसम्मका खेलेका खेलमा सन्दीपले निकै किफायती बलिङ गरेका छन्। विपक्षी टोलीका खेलाडीले उहाँको बलमा खासै रन बनाउन सकेका छैनन्। 

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन्। सिपिएल यही भदौ २५ गतेसम्म चल्ने छ। सिपिएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युनाइटेड अरब इमिरेटस (युएइए) जाने छन्।

यस यामको आइपिएल कोरोना महामारीका भारतमा आयोजना नभएर युएईमा हुँदैछ। सन्दीपले आईपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने छन्। उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन्।
 

कमेन्ट लोड गर्नुस