सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप एक जनाको मृत्यु

२०७७ भदौ १३, ०८:४० खबर संवाददाता

कोराना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो। मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो। उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको थियो।

कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालले जनाएको छ। लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस