सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेन्नई सुपरकिङ्ग्सका १० सदस्यलाई कोरोना

२०७७ भदौ १३, ०२:४३

काठमाडौं : चेन्नई सुपरकिङ्ग्सका कम्तिमा १० जना सदस्य कोरोना भाइरसको संक्रमण भएका पाइएको छन्। ती मध्ये एक भारतीय क्रिकेटर पनि सामेल रहेका जनाइएको छ। 

चेन्नईको टोलीका सपोर्ट स्टाफ, नेट बलर र एक टीम अधिकारीकी पत्नीसहित १० जना कोरोना संक्रमित भएको ईएसपीएनको वेबसाइटले जनाएको छ। 

कोरोना महामारीका कारण ईन्डियन प्रिमियर लिग(आईपीएल) निर्धारित समयमा हुन नसकेपछि युएईमा सारिएको थियो। 

सबै सदस्यलाई एक अलग होटलमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। उनीहरु कम्तिमा दुई हप्ता आइसोलेसनमा बस्नुपर्ने हुन्छ। -बीबीसी

कमेन्ट लोड गर्नुस