सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिसेम्बरसम्म नेपालमा संक्रमण र मृत्यु दर उच्च हुनसक्छ : अध्ययन

२०७७ भदौ १३, ०२:१८ खबर संवाददाता

काठमाडौं: नेपालमा कोरोना भाइरसका कारण ४९ हजारको मृत्यु हुनसक्ने आँकलन गरिएको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहभागी सो अध्ययनले कोरोना प्रभावबारे गरेको अध्ययनमा सन् २०२० को अन्तिमसम्म ४९ हजारले ज्यान गुमाउने आँकलन गरेको गरेको हो।

शोधकर्ताहरू प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमान सहभागी उक्त अध्ययन प्रतिवेदनमा नेपालमा ८१ प्रतिशत जनतालाई कोरोना लाग्ने उल्लेख छ। 

तीनवटा मापदण्डका आधारमा यस्तो प्रक्षेपण गरिएको अध्ययनमा उल्लेख गरिएको छ। अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ।

तर अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले तयार पारेको उक्त रिपोर्टलाई नेपालका चिकित्सकहरुले भने गलत ठहर गरेका छन्। उनीहरुका अनुसार अध्ययनका कुनै पनि तथ्याङक मिल्दैनन्। 

कमेन्ट लोड गर्नुस