डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका १०१ जनाको रिर्पोट ‘नेगेटिभ’
२०७७ भदौ १२, ०२:४२
डडेल्धुरा : डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएको सबैको रिर्पोट नेगेटिभ आएको छ।
पछिल्लो २४ घण्टामा एक सय एक जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
यसअघि बीहिबार प्रयोगशालामा तीन सय ४८ जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको थियो।
कमेन्ट लोड गर्नुस