प्रहरीले किन घेरे डा. केसी बसेको होटल ?
जुम्ला: प्रहरीले डा. गोविन्द केसी बसेको होटल घेराउ गरेको छ। आफुले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएर जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेको हो।
प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा. केसीले सत्याग्रह घोषणा गरेका थिए।
डा. केसीले अनसन बस्न खोजेको ४ वटै स्थानमा स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएको छ। सदरमुकाममा निषेधाज्ञा जारी गरिएकाले निषेधित क्षेत्रमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।