सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र गोदावरीका थप १२ जनामा कोरोना पुष्टि

२०७७ भदौ ११, ०३:०२ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गोदावरीका नौँ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो।

धनगढीमा पाँच बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालमा अहिले ११ महिला र १३ पुरुष गरी २४ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस