सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला अस्पतालको एक्सरे मेसिन बिग्रिदा बिरामीको चेकजाँचमा समस्या

२०७७ भदौ ११, ०२:०४ नरेन्द्र कार्की

दार्चुला: जिल्ला अस्पताल दार्चुलाको एक्सरे मेसिनमा समस्या आएपछि बिरामीको चेकजाँचमा समस्या भएको छ। तीन वटा एक्सरे मेसिन रहेको जिल्ला अस्पालमा चैत अन्तिम सातादेखि तीन वटै मेसिनमा समस्या देखिएको हो।

बन्दाबन्दीको कारण एक्सरे मेसिनको समान देशबाहिरबाट ल्याउन नसक्दा मर्मतमै समस्या भएको जिल्ला अस्पालका रेडियोग्राफर मन्दिल कुवरले बताए। ‘अहिले एउटा मेसिनले कहिलेकाहि काम गर्छ,’ कुवरले भने, ‘तर छिट्टै तात्ने र स्पष्ट रिपोर्ट देखाउँदैन्।’

एक्सरे मेसिनको समान धनगढी काठमाण्डौंमा नपाइएको र प्राविधिक जनशक्ति उपलब्ध नहुँदा मर्मतमा ढिलाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिह धामीले बताए। ‘हामीले केहि उपकरण धनगढी मर्मतको लागि समेत पठाएका छौं, समान भेटिएको छैन्। समान मगाइरहेका छौं तर बन्दाबन्दीले ल्याउन ढिलाई भइरहेको छ’ उनले भने। 

अहिले दैनिक १५ देखि २० जनाको एक्सरे र अल्ट्रासाउड गर्नुपर्ने तर मेसिन तात्ने समस्याले काम गर्न निकै कठिनाई भएको प्राविधिकको रुपमा सहयोग गर्दै आएका लक्ष्मणदत्त जोशीले बताए। अस्पतालमा नियमित विद्युतको भोल्टेज नपुग्दा पनि मेसिनहरुमा समस्या देखिएको उनले बताए। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस