सुदूरपश्चिममा भारी बर्षाको सम्भावना
धनगढी : जल तथा मौसम विभान विभागका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।
आज दिउसो सामान्यतया बदली रही सुदूरपश्चिममा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेकोले क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।