धनगढीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध
धनगढी : हावाहुरीसंगै रुख ढलेपछि धनगढीका विभिन्न स्थानमा विद्युत सेवा अवरद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार गएराति आएको हावाहुरीले विद्युतको लाईनमा रुख ढलेपछि सेवा अवरुद्ध भएको जनाएको छ।
वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार धनगढीको तिल्केताल, राजपुर, घुईयाघाट लगायतको क्षेत्रमा रुख ढलेपछि सेवा अवरुद्ध भएको बताए।
‘बुधवार राति १२ बजेसम्म मर्मतको कार्य जारी थियो,’ उनले भने, ‘अहिले बिहानैदेखि दुई वटा मर्मत टोली फिल्डमा पठाएका छौ।’ उनले दिउसोसम्म सबै क्षेत्रको विद्युत सेवा सुचारु हुने जानकारी दिए।