सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बुधबार १७२२ जनाको कोरोना परीक्षण

२०७७ भदौ १०, ०७:४० खबर संवाददाता

धनगढी : पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीेन प्रयोगशालामा एक हजार ७ सय २२ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९८१ जना, डडेल्धुरा अस्पतालमा ६५० जना र डोटी अस्पतालमा ९१ जनाको कोरोना परीक्षण भएको बताइएको छ।  

सुदूरपश्चिमा हालसम्म ५६ हजार बढीको कोरोना परीक्षण भएको प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस