सेती अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा देखियो कोरोना
२०७७ भदौ १०, ०७:२९
धनगढी : सेती प्रादेशिक अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा कोरोना भाईरस पुष्टि भएको छ।
मंगलवार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
दुबै जना महिला स्वास्थ्यकर्मी हुन्। यसअघि सेती अस्पतालका सात स्वास्थ्यकर्मी र तीन जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो।
कमेन्ट लोड गर्नुस