सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अतिविपन्न सय जनालाई खाद्यान्न सहयोग

२०७७ भदौ १०, ०६:११ खबर संवाददाता

अछाम: अछाममा अतिविपन्न महिला तथा बालबालिका गरी सय जनालाई खाद्यान्न सहयोग गरिएको छ। बिआरसी नेपालको आर्थिक सहयोग र मंगलसेन नगरपालिकाको समन्वयमा अछाम जेसीजले खाद्यान्न हस्तान्तरण गरेको हो।  

कोरोना भाइरसका कारण जिविकोपार्जन गर्न कठिनाइ भएका मंगलसेन नगरपालिकाको वडा नम्बर १३ का महिला तथा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो। उनीहरुलाई प्रतिव्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ वटा हात धुने साबुन, १ किलो चिनी र १ किलो नुन वितरण गरिएको जेसीज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले बताए। 

अछाम जेसीजले नगरपालिकाको अतिदुर्गम स्थानमा गएर गरिब विपन्न वर्गलाई कम्तीमा १४ दिनसम्म खानपुग्ने राहत वितरण गरेको कार्यका लागि मंगलसेन नगपालिकाका प्रमुख पदमबहादुर बोहराले आभार व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस