सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस डडेल्धुराद्वारा आलितालका पहिरो पीडितलाई राहत वितरण

२०७७ भदौ १०, ०३:५१ खबर संवाददाता

धनगढी : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई नेपाली कांग्रेस डडेल्धुराले राहत वितरण गरेको छ। 

चुरे श्रृंखला क्षेत्रबाट पहिरो खस्दा गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका ३५ परिवार बिस्तापित भएका थिए। बुधबार ती सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ।

उनीहरुलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरेको सेवा दलका संयाजक टंकबहादुर क्षेत्रीले जानकारी दिए। साथै उनीहरुलाई ५ पेटी चाउचाउ र २०० थान मास्क समेत सहयोग गरेको उनले बताए। 

उक्त राहत सामग्री नेपाली कांग्रेसका कार्यवाहक सभापति करुणाकार भट्टले गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको कार्यालय सचिव राम विष्टले बताए। 

कमेन्ट लोड गर्नुस