सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डाँका चोरी मुद्दामा फरार रहेका ४ जना १६ बर्षपछि पक्राउ

२०७७ भदौ १०, ०७:५८ खबर संवाददाता

धनगढी : कैलालीमा डाँका चोरी मुद्दाका चार जना फरार अभियुक्त पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरेको हो। 

२०६१ साल माघ २७ गतेदेखि फरार रहेका जोशीपुर गाउँपालीका वडा नम्वर ६ बस्ने ४५ बर्षीय रोगही भन्ने कुमराज थापा, जोशीपुर गाउँपालिका वडा नम्वर ३ बस्ने ४९ बर्षीय रोहिना भन्ने भगत चौधरी, सोही गाउँपालिकाको वडा नम्वर ४ बस्ने कालु भन्ने गुनसिंह कठरिया र भजनी नगरपालिका वडा नम्वर ६ बस्ने ४७ बर्षीय टीकाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई मंगलवार पक्राउ गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस