सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना पुष्टि

२०७७ भदौ ८, ०५:५८ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३० वर्षीया उनीमा कोरोना पुष्टि भएको हो। 

सोमबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ती स्टार्फ नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

यसअघि सेती अस्पतालका २ स्वास्थ्यकर्मी र ३ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो। 

कमेन्ट लोड गर्नुस