सम्झौता अगावै निर्माण सकेपछि डडेल्धुराका निर्माण व्यवसायी लोकेन्द्र गुरुङ सम्मानित
धनगढीः डडेल्धुराका निर्माण व्यवसायी लोकेन्द्र गुरुङ सम्मानित भएका छन्। जिल्ला सरकारी वकिल कार्यालयको भवन सम्झौता मिति अगावै सम्पन्न गरेपछि आइतबार जिल्ला न्यायधिवक्ता प्रकाशबहादुर भण्डारीबाट गुरुङ सम्मानित भएका हुन्।
चाँदनी कन्स्ट्रक्सन कम्पनी प्रालीका सञ्चालक गुरुङले ठेक्का सम्झौता सकिन ६ महिना अगावै गत चैतमा काम सम्पन्न गरेपछि न्यायधिवक्ता भण्डारीले प्रशंसा पत्र र बोनससहित उनलाई सम्मान गरेका हुन्।
गुरुङले २ करोड ३१ लखमा भवनको निर्माण सकिएको बताए।