सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १४१९ जनामा कोरोना संक्रमण, हेर्नुस कुन स्थानीय तहका कति?

२०७७ भदौ ७, ०१:२३ खबर संवाददाता

धनगढीः कैलालीमा सुदूरपश्चिममै सबैभन्दा कोरोना संक्रमित भेटिएका छन्। १३ वटा स्थानीय तह रहेको जिल्लामा अहिले सम्म एक हजार चार सय १९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले १३ वटै स्थानीय तहका एक हजार चार सय १९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। सबैभन्दा बढि गोदावरी नगरपालिकामा चार सय ३१ जनालाई संक्रमण पुष्टि भएको छ।

गोदावरीपछि लम्कीचुहा नगरपालिकामा दुई सय ४६ जना, गौरीगंगा नगरपालिकामा एक सय ७९ जना, धनगढी उप–महानगरपालिकामा एक सय ७६ जना र टीकापुर नगरपालिकामा एक सय २० जना संक्रमित छन्।

यस्तै बर्दगोरिया गाउँपालिकामा ५५ जना, भजनी नगरपालिकामा ४७ जना, कैलारी गाउँपालिकामा ४२ जना, जानकी गाउँपालिकामा ४१ जना, चुरे गाउँपालिकामा १५ जना, जोशीपुर गाउँपालिकामा १४ जना र मोहन्याल गाउँपालिकामा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामीले बताए।

उनीहरु मध्ये एक हजार दुई सय ४७ जना निको भईसकेको स्वास्थ्य कार्यालयको दावी छ भने एक सय ७२ जना सक्रिय संक्रमित विभिन्न अस्पतालका आईसोलेसन, संस्थागत आईसोलेसन र होम आईसोलेसनमा बसेका छन्।  चार जनाको भने मृत्यु भईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस