सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

२०७७ भदौ ७, १०:०८ खबर संवाददाता

धनगढीः धनगढी ग्यालरीले आयोजना गरेको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

सामाजिक सञ्जाल मार्फत आयोजना गरिएको फोटो प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरिएको हो। प्रतियोगितामा अनिल खडायत पहिलो, दिप्ती ओझा दोस्रो र भिस्मा रेग्मी तेस्रो भएकी छन् भने लक्ष्मी अवस्थीले  सान्त्वना स्थान हासिल गरेकी छन्।

पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः दुई हजार , एक हजार र पाँच सय प्राप्त गर्ने धनगढी ग्यालरिका एड्मिनले चक्र खडायतले बताए।

कोरोनाको माहामारीका बेला विद्यार्थीले पढ्न नपाएको र उनीहरूलाई सिर्जनात्मक काममा लगाउन फोटो प्रतियोगिता आयोजना गरिएको एड्मिन खडायतले बताए। 
 
 

कमेन्ट लोड गर्नुस