सुदूर नेपाललाई विश्वसँग जोड्दै

जो धनगढी बाहिर गएकी छैनन्, उनैलाई देखियो कोरोना

२०७७ भदौ ६, ०३:०३ खबर संवाददाता

धनगढी : धनगढीमा शनिवार थप दुई जनामा कोरोना देखिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ बर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

वडा नम्वर ५ मा संक्रमण पुष्टि भएकी महिलाको कुनै ट्राभल हिस्ट्री नै छैन्।

‘धनगढी भन्दा बाहिर नगएको एक बर्ष नै भईहाल्यो,’ संक्रमित  महिलाले दिनेश खवरसंग भनिन्, ‘कोरोना भाईरसको त्रासपछि त धनगढी बजारमा पनि बिरलै पुगेकी छु। हल्का ज्वरो आएपछि स्वाब दिएकी थिए। अहिले संक्रमण पुष्टि भएको छ।’

उनले संक्रमण पुष्टि भएपछि घरमा छुट्टै सुरक्षित रुपमा बसेको बताईन्। उनी पेशाले शिक्षिका हुन्। 
 

कमेन्ट लोड गर्नुस