ठप्प धनगढी (फोटो फिचर)
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले बुधवार गरेको निर्णय अनुसार बिहिवार मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी भएको छ। १४ गतेसम्म जल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ।
लकडाउन खुलेसंगै भीडभाड बढ्न थालेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा जारी भएपछि जिल्ला सदरमुकाम तथा प्रदेशको अस्थायी राजधानी धनगढी सुनसान छ। अत्यावश्यक सेवा मात्रै सञ्चालन हुन सकेको छ।