सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरीद्धारा झण्डै तीन लाख पर्ने भन्सार छलीका सामान बरामद

२०७७ भदौ ५, ०१:१३ खबर संवाददाता

धनगढीः कैलालीमा सशस्त्र प्रहरीले झण्डै तीन लाख पर्ने भन्सरा छलीका सामान बरामद गरेको छ।

शस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दुई लाख ७५ हजार बराबरको सामान बरामद गरेको हो।

भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर र कैलारी गाउँपालिका वडा नंम्बर ३ को भितरियाघाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको दुई लाख ७५ हजार बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

बराबर गरिएको सामानमा बिडी, सुर्तिजन्य पदार्थ पाष्टिकको डोरी र मोबिल रहेको र ती सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस