कैलालीमा १६ लाखको मोवाइलको डिस्प्ले बरामद, एक भारतीय नागरिक पक्राउ
धनगढी : कैलालीमा १६ लाखको मोवाइलको डिस्प्लेसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले बिहीवार विहान टीकापुर नगरपालिका वडा नम्वर १ बाट भारतीय नागरिकलाई पक्राउ गरेको हो।
स्थानीय नरबहादुर कडायतको घरमा वर्षौंदेखि डेरा गरी बस्दै आएका भारतको तिकुनियाँका चाँद अलीलाई झण्डै १६ लाख रूपैयाँ मूल्य बराबरको मोवाइलको डिस्प्ले सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
भन्सार छली गरेर ल्याएको सामानसहित पक्राउ परेका चाँदलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। शुक्रवार आवश्यक कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भईरहेको छ।