सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बैंकका अर्का कर्मचारीलाई पनि देखियो कोरोना

२०७७ भदौ ४, ०४:४६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा बैंकका अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ। डोटीको राष्ट्रिय वाणिज्य बैंक दीपायल शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो।

डोटी जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएको पुष्टि गरे।

दीपायल शाखाका व्यवस्थापक गणेशवहादुर विष्टले महिला कर्मचारीमा कोरोना देखिएको बताउँदै अन्य कर्मचारीको रिपोर्ट नआउँदा सम्म बैंक बन्द रहने जानकारी दिए।

यसअघि धनगढीको ग्लोबल आइएई बैंकका कर्मचारीमा समेत कोरोना देखिएको थियो। 
 

कमेन्ट लोड गर्नुस