सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुनचाँदी पसलको उद्घाटन

२०७७ भदौ ३, ०१:४७ खबर संवाददाता

धनगढीः धनगढीमा एक सुनचाँदी पसलको उद्घाटन गरिएको छ। सुन चाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कृष्णबहादुर सोवले धनगढीको चौराहामा न्यू मष्टामण्डौ सुनचाँदी पसल सञ्चालनमा ल्याएका हुन्।

६० लाखको लगानीमा स्थापनमा गरिएको सुनचाँदी पसलको कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालले उद्घाटन गरेका छन्। 

धनगढीमा मष्टामाण्डौ सुनचाँदी पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर सोवलले ग्राहकलाई नयाँ ठाउँबाट समेत सेवा दिन पसल सञ्चालन गरिएको बताए। सञ्चालन गरिएको सुनचाँदी पसलबाट शुद्ध र गुणस्तरीय सुन चाँदी विक्रि वितरण गर्ने बताएका छन्।

 

कमेन्ट लोड गर्नुस