धनगढीमा न्यू मष्टामाण्डौ सुनचाँदी पसलको उद्घाटन
धनगढीः धनगढीको चौराहमा सुनचाँदी पसलको उद्घाटन गरिएको छ। सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कृष्णबहादुर सोवले धनगढी चौराहमा न्यू मष्टामाण्डौ सुनचाँदी पसल सञ्चालन गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले पसलको उद्घाटन गरेका छन्।
६० लाखको लगानीमा सुनचाँदी पसल सञ्चालन गरिएको हो। धनगढीमा मष्टामाण्डौ सुनचाँदी पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर सोवलले ग्राहकलाई नयाँ ठाउँबाट समेत सेवा दिन पसल सञ्चालन गरिएको बताए।