फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०७७ साउन ३२, ०६:५७
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो।
निगमले आइतबार विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य परिर्वतन गरेको जानकारी दिएको छ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
कमेन्ट लोड गर्नुस