सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी मृगौला पीडित बोगटीको उपचारमा आर्थिक अभाव

२०७७ साउन ३२, ०६:११ खबर संवाददाता

डोटी: डोटीकी मृगौला पीडित कौशिला बोगटीको उपचारमा आर्थिक समस्या भएको छ। जन्मजात मुटुरोग तथा मृगौला रोगले ग्रसित दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ खुल्लेककी बोगटीको उपचारमा आर्थीक समस्या भएको हो।

उनको मुटुमा तीनओटा प्वाल परेको परिवार स्रोतले जनाएको छ। उपचारका लागि भारत लगिएकोमा आर्थिक अभाव भएपछि फिर्ता घर ल्याइएको कौशिलाका बुवा लोकबहादुर बोगटीले बताए।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचारका गर्न आर्थिक सहयोगका लागि परिवारले अपिल गरिएको छ।

उनलाई सहयोग गर्न चाहनेले ९८६९१५८८०४ मा सम्पर्क गर्न सक्नेछन्। अथवा बैंक खाता नम्बर ०१०००६००१३४५०४०००००१ रकम जम्मा गर्न सक्नेछन्। 

कमेन्ट लोड गर्नुस