च्याम्पियन्स लिगमा लियोनद्वारा म्यानचेस्टर सिटी ३–१ ले पराजित
लियोन, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ। राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको छ।
खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए। ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए।
तर डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन ३–१ ले विजयी भयो। योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ। लिगको उपाधिको लागि अर्को आइतबार राति खेल हुनेछ।