तीज मान्न माइत गएकी कैलालीकी महिलाको सर्पको टोकाइबाट मृत्यु
२०७७ साउन ३१, ०३:५३
धनगढी: डोटीमा सर्पको टोकाईबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका –१ बेलार घर भई हाल माईतीघर डोटीको बोगटान फुडसिल गाँउपालिका –७ चवरा चौतारा ओजिली गएकी ३० वर्षीया खिमादेवी धामीको मृत्यु भएको हो।
तीजको अवसरमा श्रीमान खेमराज धामीसँंग उनी माइत गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस