सुदूरपश्चिममा अस्पतालका कर्मचारीमा देखियो कोरोना
धनगढी : सुदूरपश्चिममा अस्पतालका कर्मचारीमा कोरोना देखिएको छ। अछामको बयालपाटा अस्पतालमा एक जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको हो।
केहि दिन पहिले मात्र एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टी भएकोमा फेरी शुक्रबार प्राप्त रिपोर्ट अनुसार ३१ बर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले यस अघि नै आकस्मिक बाहेका सेवा बन्द गरेको थियो।
आकस्मिक बाहेकका सेवा बन्दको निर्णय कायम रहेको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए।