सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष भेटिए

२०७७ साउन २६, ०८:१८ रासस

कैलाली : कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिएका छन्।

मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

विष्टलाई अहिले उहाँका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताए। उहाँको अवस्था अहिले मध्यम रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस