डडेल्धुराको रडुवा खोलामा शव फेला
२०७७ साउन २६, ०४:२५
डडेल्धुरा : डडेल्धुराको रडुवा खोलामा एक जनाको शव फेला परेको छ। आज दिउसो साढे २ बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ मेलमुडा बस्ने ४८ बर्षीय मान बहादुर बोहराको शव फेला परेको हो।
उनको रडुवा खोलामा शव फेला परेको बताउँदै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनास्थलमा प्रहरी टोली पुगेको जनाएको छ।
कमेन्ट लोड गर्नुस