सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल अफ डेमोक्रेसी सुदूरपश्चिमको संयोजकमा धर्मदेव भट्ट

२०७७ साउन २६, ०३:५६ खबर संवाददाता

धनगढी : ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले स्कुल अफ डेमोक्रेसीको  सुदूरपश्चिम संयोजकको जिम्मेवारी पाएका छन्।

लोकतन्त्र, मावन अधिकार, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका विषयमा लामो समयदेखि नागरिक तहमा बहस चलाउँदै आएको स्कुल अफ डेमोक्रेसीको सुदूरपश्चिम संयोजकमा भट्टलाई जिम्मेवारी दिइएको हो।

स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, रोजगारी लगायतका पक्षमा संसारभर नेटवर्क विस्तार गर्ने उद्येश्य रहेको स्कुल अफ डेमोक्रेसी (एसओडी) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए।  
 

कमेन्ट लोड गर्नुस