कर्णाली नदीले सतर्कताको संकेत नाघ्यो
धनगढी : लगातारको वर्षाका कारण कर्णाली नदीले सतर्कताको संकेत नाघेको छ। ईलाका प्रहरी कार्यालय चिसापानीका अनुसार कर्णाली नदीमा पानीको सतह १० दशमलव १० मिटर पुगेको हो।
१० मिटर भन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको बताए।
हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको छ। कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदिहरूको जलस्तर निरन्तर बढिरहेको छ।
बाढीले क्षति पु¥याउन सक्ने भन्दै सुरक्षाका तीनओटै निकायलाई तयारी अवस्था रहन निर्देशन दिएको स्थानीय प्रशासनले जनाएको छ।