धनगढीका डुबान पीडितलाई यादव दम्पतीले खाद्यान्न सहयोग गर्ने
धनगढी ः धनगढीको एक दम्पतीले डुबानबाट पीडित परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ। तिजको खर्च कटाएर धनगढी उप–महानगरपालिका वडा नम्वर ३ की सुजिता यादव र उनका श्रीमान पुर्णशंकार यादवले डुबान पीडितलाई सहयोग गर्ने भएका हुन्।
‘बर्षाका कारण बिभिन्न परिवारको खाद्यान्न भिजी खान लायक समेत नभएको कुरा सुन्नमा आएको हुँदा त्यस्ता परिवारहरुलाई हाम्रो परिवारको तर्फबाट खाध्यान्न सहयोग गर्न चाहेको हुँदा त्यस्ता परिवारहरुले सम्पर्क गरि दिनहुन अनुरोध छ।’ सुजिताले सामाजिक सञ्चाल फेसवुक मार्फत आह्वान गर्दै भनेकी छिन्।
उनले डुबानबाट पीडित परिवारलाई ९८०५९५८९०१ र ९८०४६१३८४८ मा सम्पर्क गर्न आग्रह गरेकी छिन्।