सुदूरपश्चिम प्रदेशसभा क्षेत्र नै जलमग्न
२०७७ साउन २६, ०१:२१
धनगढी : वर्षाले सोमवार सुदूरपश्चिम प्रदेश सभा भवन रहेको क्षेत्र जलमग्न भएको छ। धनगढीस्थित प्रदेशसभा भवन रहेको क्षेत्र जलमग्न भएको हो।
यस्तै धनगढी उप–महानगरपालिकाको कार्यालय रहेको वरिपरिको क्षेत्र पनि जलमग्न भएको छ। हिउँदको सामान्य झरीले पनि धनगढी जलमग्न हुने भएपनि प्रदेश सरकार र स्थानीय सरकारले समस्याको समाधान अझै निकालेका छैनन्।
खोलानाला अतिक्रमण, पानी निकासको उचित व्यवस्थापन नहुँदा धनगढी बजार डुबानमा पर्दै आएको हो।
कमेन्ट लोड गर्नुस