मास्क नलगाउनेलाई निःशुल्क वितरण
मास्क नलगाउनेलाई निःशुल्क वितरण गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को क्याम्पस चोक क्षेत्रमा मास्क प्रयोग नगर्नेलाई लायन्स क्लव अफ धनगढीले निःशुल्क वितरण गरेको हो।
क्लवका अध्यक्ष मिरा आर्चायले क्लवले दुई सय ५० पिस मास्क निःशुल्क वितरण गरेको बताईन्। उनले वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बराललाई ६० पिस सबुन समेत सहयोग गरिएको बताइन्। सबुन सार्वजनिक धारामा प्रयोग गरिने छ। प्रहरीका लागि समेत सेनिट्रइजर सहयोग गरिएको छ।
उनले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन मास्क प्रयोग अनिर्वाय रहेको सन्देश समेत प्रवाह गरेको बताइन्।