धनगढीको शिवपुरी सामुदायिक वनमा वृक्षारोपण
२०७७ साउन २४, ०४:४५
धनगढी- धनगढीको शिवपुरी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा हरेको वन क्षेत्रमा तीन सय बिरुवा रोपिएका हुन्।
सामुदायिक वनका अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट,धनगढी उप–महानगरपालिकाका उप्रमुख शुसिला मिश्र र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेल लगायतको सहभागितामा वृक्षारोपण गरिएको हो। सामुदायिक वनका अनुसार रुद्राक्ष, बाँस लगायतका बिरुवा रोपिएका छन्।
कमेन्ट लोड गर्नुस