सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउन्डेसनद्वारा आयोजित रक्तदानमा ११८ पिन्ट रगत संकलन

२०७७ साउन २३, ०५:४८ खबर संवाददाता

धनगढी:  दिनेश फाउन्डेसनद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १८ जनाले रक्तदान गरेका छन्। 

फाउन्डेसनले बिगत ७ वर्षदेखि नियमित रुपमा वार्षिक रक्तदान कार्यक्रम गर्दै आएको फाउन्डेसनका अध्यक्ष श्याम हमालले बताए। फाउन्डेसनले आयोजना गरेको यो ८औं वार्षीक रक्तदान कार्यक्रम हो। 

रक्तदान कार्यक्रममा फाउन्डेसनसंग आबद्ध पदाधिकारी, दिनेश ग्रपका कर्मचारी लगायत सर्वसाधारणले समेत रक्तदान गरेको फाउन्डेसनका अध्यक्ष हमालले बताए।

कोरोना महामारीका बेला फाउन्डेसनले गरेको रक्तदानले बिरामीलाई सहज हुने रक्तसंचार केन्द्रका प्रमुख धरणीधर पन्तले बताए। रक्तदान कार्यक्रममा सरिक भई रक्तदान गरेका सम्पुर्णलाई फाउन्डेसनका अध्यक्ष हमालले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरेका थिए।
 

कमेन्ट लोड गर्नुस