सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशुचौपाया मरे

२०७७ साउन २३, १२:३९ खबर संवाददाता

धनगढीः अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशु चौपाया मरेका छन्।

 जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात रोगका कारण दुई भैँसी र पाँच बाख्रा मरेका हुन्।

स्थानीय नन्द सिह बोहराका तीन बाख्रा, रुपा बोहराका दुई बाख्रा र नरेश बोहराका दुई भैँसी मरेका हुन्।

घाँसपानी नखाने र पेट फूल्ने समस्या देखिएर पशुचौपाया मरेको स्थानीयले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस