सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब बैतडीमा प्रशासन कार्यालयले स्थानीतहलाई फरकफरक बार सेवा दिने

२०७७ साउन २१, ०२:१८ खबर संवाददाता

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले अब स्थानीय तहलाई फरकफरक बार सेवा दिने भएको छ। जिल्लास्तरीय कोभीड कमान्ड पोष्टको बैठकले जिल्लामा आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय गरेको छ।

यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड –१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस