धनगढीको नदीमा बेपत्ता भएका किशोर अझै भेटिएनन्
धनगढी : धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन्।
धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
नदीमा बेपत्ता दुवै किशोरको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।