सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नदीमा बेपत्ता भएका किशोर अझै भेटिएनन्

२०७७ साउन १९, ०७:३४ रासस

धनगढी : धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन्। 

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

नदीमा बेपत्ता दुवै किशोरको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

कमेन्ट लोड गर्नुस