बाढीमा परी मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाले दियो किरिया खर्च
धनगढीः कैलालीको भजनी नगरपालिकाले बाढीमा परी मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ।
नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीपछि मृत्यु भएका तीनजनाको परिवारलाई २५ हजारका दरले किरिया खर्च प्रदान गरेको छ। आईतबार नगर उपप्रमुख छाया देवकोटाले मृतकका परिवारलाई किरिया खर्च वापतको रकम र खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेकी छन्।
अविरल वर्षापछि नदीमा आएको बाढीले बगाउँदा भजनी नगरपालिका ८ का चक्र बहादुर बिक, स्केल चौधरी र ईश्वर शाहको मृत्यु भएको थियो। नदीले बगाएर वेपत्ता भएका उनीहरुको शव फरक फरक स्थानमा भेटिएको थियो।