बोलन्या थलीको बाजुरा यूनिट गठन
बाजुरा : बोलन्या थलीको बाजुरा यूनिट गठन भएको छ। भरत बुढाको नेतृत्वमा समिति गठन भएको हो। बाजुराको फालासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका हुन।
पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने, राज्यले बाजुरालाई गरेको वेवास्ता विरुद्ध र आर्थिक सामाजिक जागरणका लागि कडा आन्दोलन गर्ने तथा निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ।
बोलन्या थलीका संस्थापक यादब जोशीका अनुसार यसअघि दार्चुला युनिट गठन भइसकेको छ। सुदूरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने समेत थलीका संस्थापक यादब जोशीले बताए।