कैलालीको लिक्मा र कटैनी नदिको बाढीले गाउँ नै डुबान
धनगढी : आईतवार बिहान भएको वर्षाले कैलालीको लिक्मा र कटैनी नदिमा आएको बाढी गाउँ पसेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ८ लिक्मा मुक्तकमैया शिविरमा पानी पसेको हो।
यस्तै बिहान गौरीगंगा नगरपालिकाका नगरप्रमुख भीमबहादुर देउवा, जनप्रतिनीधी, सुरक्षाकर्मी लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले बाढी पीडित परिवारलाई राहत उपलब्ध गराउने बताएका थिए।
यस्तै कटैनी नदिमा आएको बाढीले कैलारी गाउँपालिकाको विभिन्न वडाका गाउँ डुबानमा परेका छन्। बाढीले वडा नं. ८ को पृथ्वीपुर, लोहरपुर र भङहा गाउँको १० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।