सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सरकारी गाडीको दुर्घटना, पूर्वपश्चिम राजमार्गमा जाम

२०७७ साउन १७, ०६:२७ खबर संवाददाता

धनगढी : कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा १ झ ९२५० नम्बरको जिल्ला प्रशासन कार्यालय बझाङको गाडीले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेका छन्।

दाया खुट्टामा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। दुर्घटना लगत्तै सरकारी गाडीका चालक र अन्य सवार फरार रहेका प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी निकाल्ने क्रममा पूर्वपश्चिम राजमार्गमा जाम भएको छ।

फोटो : सबै प्रताप चौधरी 

कमेन्ट लोड गर्नुस