कोरोना संक्रमित ६६ पुगेपछि बझाङको केदारस्युँ गाउँपालिकामा लकडाउन
बझाङ- कोरोना संक्रमितको संख्या थपिएपछि बझाङको केदारस्युँ गाउँपालिकामा पुन लकडाउन गरिएको छ। गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएकोमा शनिबार थप ४१ जनामा संक्रमण पुष्टी भएको छ।
संक्रमितको संख्या ६६ पुगेको छ। पछिल्लो दुई दिनमा वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नम्बर ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ।
क्वारेन्टिइनबाट घर गयकाहरुमा कोरोना पुष्टि भएको थियो। उनीहरुलाई गाउँपालिकाले नै घर पठाएको थियो। संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता लोकेश बहादुर भण्डारीले जानकारी दिए।